दुर्गम छेत्रमा ज्यान माया मारेर गाडी चलाउछन गायक ईश्वर (चौतारे साेल्टा)

सिन्धुपाल्चोक जिल्लाको सदरमुकाम छेउको गाउँ पिपलडाडामा बाबू नमराज बस्नेत र आमा लक्ष्मी बस्नेत को कोखमा कान्छो छोरोको रुपमा जन्मियका हुन ईश्वर।पेशाले उनी गाडी चलाउछन। काभ्रेको विकट ठाउ कोसिपारिमा बस चलाउने उनी अहिले भनी ट्रक चलाउदै आएका छन। संगीत छेत्रमा सानै देखि रुचि भयका उनी गाडी चलाउदा पनि गित गुनगुनाईरहन्छन ।हसिलो स्व्भाबका उनी जो संग नि झट्टै साथी बनिहाल्छन।अघिल्लो साल पहिलो गीति सङ्ग्रह सितन सुकुटी लियर संगीत छेत्रमा लागि परेका उनी लगातार गित निकाल्नी तर्खर रहेको बताउछन। अब कस्ता खाल्को गित निकाल्नु हुन्छ भनेर हामिले प्रस्न गर्दा आधुनिक र लोक निकाल्ने कुरा पनि खुलायका छन ।उनी लाई आफुले गाडी चलायर गाउलेहरुलाई सेवा दिन पायको मा छुट्टै मज्जाको अनुभुति भयको बताउँछन् ।त्यस्तै अब आउनी गितको बारेमा कुरा गर्दा पल्सर बाइक र लाईदेउ आगो नामक गितको काम भैरहेको बतायका छन। पहिलो गीति सङ्ग्रह #सितन_सुकुटी  आफुले खास्सै यो छेत्रको मानिस नचिनेकोले प्रचार गर्न नपायर पछि परेको दाबी गर्छन उनी। बिस्तारै संगीत छेत्रमा जम्दै आएका ईश्वर बस्नेत आफ्नो पुरानो पेशालाई पनि जिबनभरी नै समय दिरहने बताउछन ।यस्तै अर्को रोचक कुरा उनी आफुलाई ईश्वर भन्दा नि चौतारे सोल्टा भन्दा खुसी हुन्छन ।गाउको नाम चौतारा भयर त्यो नाम आफैले राखेको अनि यहि नामले बोलाउनुस भनेर सबैमा आग्रह पनि गर्छन उनि।।

Share on Google Plus

About Sagar Ale magar

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment