नेचाली गाईज बेन्डले सङ्गीतिक क्षेत्रमा कस्तो पाहिला चल्दै हेर्नुस् प्रवेश के भन्छन (भिडियो सहित)

बाध्यताले मानिसलाई जहाँ पु¥याएपनि सांगीतिक भोक भने कहिल्यै नमेटिने कुरालाई फेरि पनि एक पटक प्रमाणित गरेकाछन् सोलुखुम्बुका युवा प्रवेश राईले । कतारको मरुभूमिको गर्मी खेपी रहेका प्रवेशमा सांगीतिक तिर्खा भने यति धेरै छ कि उनी सयौं सांगीतिक सिर्जनाका खोला बगाइरहेका छन् ।

समय र परिस्थितिले साथ दिए प्रवेशका सयौं सांगीतिक सिर्जनाहरुले नेपाली सांगीतिक बजारमा प्रवेश पाउनेछन् र श्रोता दर्शकको मन मुटुमा डेरा जमाउनेछन् । कतारमा कामसँगै गीत संगीतको यात्रालाई अघि बढाइरहेका नेचा बतासेका प्रवेशले आफ्ना गीतहरु कतारमा नै रेकर्ड गराएका हुन् ।

“केही गीत यतै रेकर्ड गरें, अब बाँकी गीतहरु नेपाल फर्केर रेकर्ड गर्ने योजना छ” प्रवेशले भने । प्रवेशको पहिलो पटक रेकर्ड भएको गीत “हाम्रो एउटा कहानी छ” दोश्रो गीतको म्यूजिक भिडियो  “चुलबुल चुलबुल तिम्रो मन ।” तेस्रो गीत "मेरो मनको कुनामाको" म्यूजिक भिडियो पनि बजारमा आएको छ ।
पहिलो गीतले धेरै सिकेको बताउने प्रवेश दिन दिनै संगीतका नयाँ ज्ञान सिकिरहेको बताउँछन् ।
यतिखेर प्रवेश "नेचाली गाईज बेन्डकाे" लिडरसिप पनि हुन भने निक्कै आशावादी समेत रहेका छन् । केही समय अघि मात्र "नेचाली गाईज बेन्ड"सार्वजनिक गरेका हुन बेन्डमा सात जना सदस्यहरु रहेका छन हाल बेन्डमा आबद्ध हुनु हुन्छ गायक तथा गितकारहरु भिम स्याङ्तन, अर्जुन खत्री, विशाल लिम्बू,खिल राज तामाङ, बल राम पन्दित,सङ्गीता रायमाझी तथा प्रवेश राई रहेका छन्

अब अाउने दिनहरूमा "नेचाली गाईज बेन्डले" एउटा छुट्टै स्थान तथा पहिचान  बनाउनेमा अासाबाधि देखिन्छन् प्रवेश राई र सबै सदस्यहरुले एकदम मेहेनतको साथ अब आउने दिनहरूमा अझै धेरै भन्दा धेरै राम्रो र सबै जना गीत सङ्गीत पारखीहरुको मन जित्नेमा प्रवेश पक्का देखिन्छन् ।।

१८ बर्षे चुलबुले उमेरमा रहेका प्रवेशलाई यो बेन्डले अझै केहिदिने छ र हामी निरन्तर प्रयासमा छौ र आउने दिनहरुमा पनि रहने छौ र सबै जनालाई एकदिन चिनाउने छ आफनो भबिष्य संगीतमा नै अघि बढाउन चाहन्छौ  ।
बेन्डकाे ८५% गीतमा एेरेन्ज बुद्ध सायमीको रहेको छ प्रवेशले बताए ।
https://youtu.be/iROlhL63KCc

Share on Google Plus

About Unknown

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment