सानै उमेरमा चर्चा को शिखर चुम्दै सानो भाइ र ठुली दिदि हेर्नुहोस

यो संसार सारै विचित्रको छ । यहाँ अनौठा अनौठा दृष्यहरु देख्न सकिन्छ । भगवानले मानिसलाई बाँच्नको लागि एउटा न एउटा कला दिएको हुदो रहेछ । तर पछुतो होला त केबल आफुभित्रको क्षमताको पहिचान समयमै गर्न नसक्नुमा, केबल आफैसँग । वास्तवमा आफ्नो कला र क्षमताको सदुपयोग गर्न सकेमा मानिसको जीवन अत्यन्त शितल र प्रिय बन्छ, त्यो कुरा पछिल्लो समयमा यि दुई बालबालीकाहरुले पनि प्रमाणित गरिदिएका छन ।
पूर्वि नेपालका यि लोकप्रिय आवाजका धनी बालबालीका, सोनिया बाहिङ राई र संगत बाहिङ राई । जस्ले सानै उमेरमा आफुभित्रको क्षमता र प्रतिभाको पहिचान गर्न सके र परिवारले पनि उनीहरुलाई त्यसको प्रयोग, विकासमा सहायता पुर्याएको छ । उनीहरुले निकै कारुणिक आवाजमा गीत गाएका छन, यो सुनेपछि मन नपराउने सायदै कोहि नहोला ।
हुन त मानिस भित्र लुकेको प्रतिभाको उजागर गराउने काममा पनि परिवार र अभिभावकको ठूलो हात रहेको हुन्छ नै । समयमै आफ्नो प्रतिभा अनुकुलको पारीवारिक वातावरण पाएँका यि दिदीभाईहरु आफ्नो आवाज मार्फत सबैमाझ परिचित हुने बाटो खोलि सकेका छन । सङगीतमय पारीवारिक वातावरणमा जन्मेकाले पनि हुन सक्छ उनीहरु ३ बर्षको उमेरदेखिनै नाच्न र गाउनमा खुबै रुचि राख्ने गर्दथ्य, गायनमा सहभागि हुने गर्दथ्य । उनिहरू कक्षा २ देखिनै स्कुलमा हुने विभिन्न साँस्कृतिक कार्यक्रमहरूमा सहभागीता हुने गरेको बताइन्छ ।
माओवादी द्वन्दकालमा घटेका घटनामा आधारित रहेर बल बहादुर बाहिङ राईले यो गीतको शब्द सिर्जना गरें, गीतमा द्धन्दको समयमा नाबालकहरुका बाबु, आमा मारिएका हुन्छन र दिदी र भार्इ मात्रै बाँचेका हुन्छन । द्धन्दबाट अपाङ्ग भएकी दिदीलाई पालेर बसेका बालक आफैले दुःख गरेर घरको कामको जिम्मा लिएका हुन्छन । बालखा भाईले बाध्यताले गाई गोठको काम गर्नु पर्ने र काममा वेस्त हुनुपर्ने भएपछि खाजाको पोको पारेर ल्याउन भनेपछि दिदी निकै भावविहल्ल भएकी छन, यो गीतमा ।
द्धन्द प्रभावितहरुको सामाजिक कथा, कहानिमा आधारित यस गीतमा पिडामा रहेका, अभिभावक विहिन बालखाहहरुको बिहान उठेदेखि बेलुका सुत्ने बेलासम्मको सबै गतिबिधिलाई समेटिएको छ, उनीहरुको एक दिनको दिनचर्या गीत मार्फत ब्यक्त गरिएको छ । यो गितका लेखक तथा सङ्गीत गर्ने बल बहादुर बाहिङ राई साँगीतिक क्षेत्रकै प्रतिभा हुन ।
गीतको म्युजिक भिडियो अबलोकन गर्दा कथा वस्तु र गीतमा प्रयोग भएका शब्दहरूले भावुक गाराउँछ । गीत सुन्दै जादाखेरि समाजमा मानिसहरुले दिनहुँ भोगिरहने खालका दुःख र पिडाको महसुुस गराउँने गर्दछ । द्वन्दकालमा कयौं नेपालीले यस्तो पिडा भोगेका थिए जुन कुरा यो गितले चित्रण गरेको छ । अर्को कुरा, यो गितको बोल मात्र ठुली दिदी र सानो भाई नभएर उनिहरू वास्तवमै दिदी भाई पनि हुन । हेर्नुहोस् यि बालखा दिदीभाईको यो साँगीतीक प्रस्तुतीः–

Share on Google Plus

About Gautam Entertainment Nepal

    Blogger Comment
    Facebook Comment

0 comments:

Post a Comment